दफा ३९५
बहालमा लिएको घर अर्को व्यक्तिलाई बहालमा दिन सक्ने

(१) घरधनीसँग सम्झौता हुँदा आफूले बहालमा लिएको घर वा त्यसको कुनै अंश अन्य व्यक्तिलाई पुनःबहालमा दिन सक्ने कुरा उल्लेख भएकोमा बहालमा लिने व्यक्तिले त्यस्तो घर वा त्यसको कुनै अंशअन्यव्यक्तिलाई सम्झौताको अधीनमा रही बहालमा दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम बहालमा लिने व्यक्तिले घर वा त्यसको कुनै अंश अन्य व्यक्तिलाई बहालमादिएकोमा त्यसरी बहालमा लिने व्यक्तिको नाम र ठेगाना पन्ध्र दिनभित्र घरधनीलाई लिखित रूपमादिनुपर्नेछ ।
(३) उपदफा (१) बमोजिम घर बहालमा लिने व्यक्तिले आफूले लिएको घर वा त्यसको कुनै अंशको बहालत्यसरीबहालमा राख्ने व्यक्तिलाई बुझाउनु पर्नेछ ।
(४) उपदफा (१) बमोजिम बहालमा लिएको व्यक्तिले बहालमा बस्दा यस परिच्छेद बमोजिम बहालवालालेपालनागर्नु पर्ने सबै शर्त र व्यवस्था पालन गर्नु पर्नेछ ।
(५) उपदफा (१) बमोजिम बहालमा लिएको व्यक्तिले बहालमा बस्दा शर्त बमोजिम काम नगरेमा, निजलेबहालमालिएको घरको सरसफाई, संरक्षण वा सुरक्षा नगरेमा वा निजले बहालमा बस्ने अन्य व्यक्ति वाछिमेकीलाईहैरानी, दुःख वा अशान्ति हुने कुनै काम गरेमा बहालमा दिने व्यक्तिले निजलाई जुनसुकै बखतघरबाटहटाउन सक्नेछ ।